दफा
प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
: (१) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क)    स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालिम तथा अनुसन्धान गर्ने, गराउने,
(ख)    गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने,
(ग)    स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालिम  संस्था तथा अस्पतालसँग सम्झौता गर्ने,
(घ)    गुणस्तरीय स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने,
(ङ)    प्रतिष्ठानद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूलाई सुदृढ तुल्याउन र त्यस्ता कार्यक्रमको गुणस्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, शैक्षिक संस्था वा अस्पतालसँग समन्वय कायम गर्ने,
(च)    स्वास्थ्यसँग सम्बन्धित स्वदेशी तथा विदेशी विश्वविद्यालय, प्रतिष्ठान र अन्तरराष्ट्रिय सङ्घ संस्थासँग सम्बन्ध स्थापना, बिस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदान प्रदान गर्ने,
(छ)    स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा गोष्ठी, सम्मेलन, सेमिनार, अन्तरक्रिया आयोजना गर्ने, गराउने,
(ज)    स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक, पर्चा, बुलेटिन तथा सचेतना पोष्टर प्रकाशन गर्ने, गराउने,
(झ)    तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।
(२) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार प्रतिष्ठानको सङ्गठन मार्फत प्रयोग र पालना हुनेछन् ।